२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


पुसमा पार्टीको महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय


0
Shares

काठमाडौं, असार २३ । नेकपा माओवादी केन्द्रले आगामी पुस २३ देखि २८ गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा तीन दिनदेखि बसेको सो पार्टीको पोलिटब्यूरो बैठकले विहीबार एकता महाधिवेशन गर्ने निर्णय गरेको हो ।

सरकारबाट बाहिरिनेसम्मको निर्णय लिने भनिएको बैठकले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले सहमतीय सरकारका लागि नेकपा एमाले र नेपाली कांग्रेससँग वार्ता अघि बढाउने निर्णय पनि गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।