
काठमाडौं, असार २४ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि बिहीबारदेखि डिएसपीको नेतृत्वमा विशेष कार्यदल खटाएको छ ।
विमानस्थल सुरक्षामा रहेको महानगरीय प्रहरीको विमानस्थल सुरक्षा गार्डलाई सघाउने गरी ३५ जनाको विशेष टोली खटाइएको हो ।
विमानस्थलका डिआइजी गोविन्दप्रसाद निरौलाले विशेष कार्यदलबाट टोली आएको बताए । उनका अनुसार आधुनिक हतियार, उपकरणसहित खटिएको टोली चौबीसै घण्टा अलर्ट रहने गरी विमानस्थलको सुरक्षा प्रवन्ध मिलाइएको छ ।
केही दिनअघि बंगलादेशमा आतंककारी हमला भएको सन्दर्भमा गृहमन्त्रालयमा आइतबार बसेको सुरक्षा महाशाखा बैठकले देशभर उचित सुरक्षा प्रवन्ध गर्ने निर्णयसँगै मातहत निकायले आफ्नो जनशक्ति र स्रोतसाधन अनुसार सुरक्षाकर्मी परिचालन गरेका हुन् । – नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्