Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सभापति देउवा मनोमानी ढंगले अघि बढिरहेका छन् : नेता सिहं


0
Shares

काठमाडौं, असार २५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा मनोमानी ढंगले अघि बढेको आरोप लगाएका छन् ।

काठमाडौं महानगरपालिका–१० को इकाई कार्यालयको आज राजधानीमा उद्घाटन गर्दै नेता सिंहले सभापति देउवा अझै मनमानी ढंगले अघि बढे प्रतिकार गर्ने चेतावनी दिए ।

उनले सभापति देउवाले कांग्रेसका कार्यकर्ताको भावना बुझ्न नसकेको भन्दै सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । आफू शक्तिमा हुँदा जे गरे पनि हुने मानसिकता त्याग्नुपर्ने उनकोे भनाइ थियो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि कांग्रेसभित्र असन्तुष्टि बढ्दासमेत सभापति देउवाले चासो नराखेको आरोप लगाएका थिए ।

उनीहरुले पार्टी कार्यकर्ताको भावनालाई सम्मान गर्दै सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए ।

देशमा भ्रष्टाचार, महंगी बढ्दासमेत नेपाली कांग्रस रमिते भएको भन्दै उनीहरुले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको बताएका थिए । कार्यक्रमा कांग्रेसमा योगदान पु¥याएको भन्दै बिभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।