
काठमाडौं, असार २५ । हरिप्रसाद–कल्याणी रिमाल नाट्य–संगीत पुरस्कार अभिनेतृद्वय सुभद्रा अधिकारी र बसुन्धरा भुसाललाई प्रदान गरिएको छ ।
वरिष्ठ नाट्य अभिनेता एवं निर्देशक हरिप्रसाद रिमालको ९१औं जन्मोत्सव तथा उनकी पत्नी एवं वरिष्ठ सन्चारकर्मी कल्याणी रिमालको ८०औं जन्मोत्सवको अवसर पारेर शनिबार राजधानीमा आयोजित कार्यक्रममा अधिकारी र भुसाललाई पुरस्कृत गरिएको हो ।
अधिकारीलाई २०७० सालको र भुसाललाई २०७१ सालको नाट्य–संगीत पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी जनही २५ हजार एक सय ११ रुपैयाँ रहेको छ ।
यस्तै, २०७० सालको हरिप्रसाद कल्याणी रिमाल सन्चार सेवा पुरस्कार वरिष्ठ सन्चारकर्मी कमल प्रधान र २०७१ को वरिष्ठ सन्चारकर्मी पुरस्कार हरीश चन्दलाई प्रदान गरियो ।
पुरस्कारको राशी जनही १५ हजार एक सय एक रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्