२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


अन्तर मिडिया फुटसल कप साउनमा


0
Shares

काठमाडौं, असार २५ । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको स्मृतिमा साउनको दोस्रो साता प्रथम अन्तर मिडिया राष्ट्रिय फुटसल कप आयोजना हुने भएको छ ।

खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यले फुटसल कप आयोजना गर्न लागिएको आयोजक गोलपोस्ट स्पोर्टस् एन्ड ट्रेनिङ सेन्टरले जनाएको छ ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोेगितामा काठमाडौं उपत्यकामा रहेका सबै सन्चारमाध्यमहरुले भाग लिनसक्ने जानकारी दिइयो ।

प्रतियोगिता साउन १० गतेबाट गोलपोस्ट स्पोर्टस् एन्ड ट्रेनिङ सेन्टरको ललितपुरको भैसेपाटीमा रहेको फुटसल मैदानमा हुने सेन्टरका प्रबन्ध निर्देशक केशव थापाले जानकारी दिए ।

तस्वीर सौजन्यः माधव धिताल ।