
मुम्बई, असार २६ । बलिउड नायक संजय दत्त जेलबाट रिहा भएपछि बलिउडमा पुनरागमन गर्ने तयारीमा छन् ।
बलिउडमा दर्जनौं सफल चलचित्र दिइसकेका संजयको एक सफल चलचित्र हो ‘खलनायक’ । सन् १९९३ को सुपरहिट सो चलचित्रको दोस्रो भाग निर्माण हुने भएको छ । ‘खलनायक रिटर्न्स’ नाम दिइएको सो चलचित्रमा संजय दत्तले नै मूख्य भूमिका निर्वाह गर्ने भएका छन् । खलनायकमा पनि उनको मूख्य भूमिका थियो ।
खलनायकमा ग्याङ्गस्टार बल्लु बलरामको भूमिकामा देखिएका संजयले दोस्रो शृंखलामा पनि सोही भूमिका निर्वाह गर्ने भएका छन् । तर अघिल्लो चलचित्रमा जहाँ कथावस्तु टुंगिएको थियो, त्यहीँबाट नयाँ चलचित्रको कथावस्तु सुरु हुने जनाइएको छ ।
चलचित्र निर्माता सुभाष घईले नयाँ चलचित्रका लागि पटकथाको काम भइरहेको बताए । सो चलचित्रका लागि अन्य कलाकारको टुंगो लागिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्