Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


माओवादीले माग्यो सरकारको नेतृत्व


0
Shares

काठमाडौं, असार २७ । माओवादी केन्द्रले नौ बुँदे सहमति गर्दा भएको मौखिक भद्र सहमतिअनुसार यही गठबन्धन सत्ता हस्तान्तरण गर्न प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकारकै विषयमा छलफल गर्न आइतबार बोलाएको सत्तारुढ दलको बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो ।

पार्टी हेडक्वाटरको बैठकपछि बालुवाटार पुगेका माओवादी नेताहरुले आफूलाई नेतृत्व दिन प्रस्ताव गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहालले नौ बुँदे सहमति कार्यान्वयनमा केही काम भए पनि धेरै तीब्रता नआएको लगायत तर्क गर्दै नेतृत्व हस्तान्तरणको माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पनि गठबन्धन आवश्यक रहे पनि असमझदारीको अवस्थामा धेरै लामो समयसम्म चल्न नसक्ने बताए । ‘सरकार अहिल्यै ढल्छ, भरे नै ढल्छ भनेर हिँड्नु ठीक होइन, सहमतिका साथ जति दिन चल्छ त्यतिन्जेल चलाउने हो,’ प्रधानमन्त्रीको ओलीको भनाइ थियो, ‘असमझदारी पाली पाली गठबन्धन जोगाउनु छैन, मलाई पदमा बसिरहने रहर छैन ।’ –कान्तिपुर दैनिकबाट