५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


हिमालपारीकी प्रतिभा दुर्गा घलेः दुरदराजमै लोकप्रिय


0
Shares

शब्द/तस्विर सौजन्यः नवीन लामिछाने

मनाङ । हिमाल पारीको जिल्ला मनाङ अनुपम प्राकृतिक स्रोत र सधानले भरीपुर्ण छ । हिमाल, खोला तालतलैय, झरना यहाँका अमुल्य सम्पति हुन ।

सुन्दर प्रकृतिक सम्पति बोकेको मनाङसँग प्रकृति मात्र सुन्दर छैन । यहाँका मानिस पनि सुन्दर, मिहेनेती र सफल छन् ।

अन्यत्र जस्तै सुन्दर र प्रतिभा भएका मान्छे हिमाली जिल्लामा पनि बस्छन् तर ती प्रतिभाको पहिचान हुन सकेको छैन ।

मनाङमा फरक क्षमता र फरक सोच भएका प्रतिभाहरु धेरै नै जन्मिसकेका छन् । मनाङलाई चिनाउन मनाङ्गे भाषाका गीत लेख्ने गाउने विनोद गुरुङ, फिल्मी क्षेत्रमा समेत अब्वल देखिन्छन् ।

त्यस्तै मनाङ कि चेली लक्ष्मी लामा गुरुङ एनआरएन कोरियाकी अध्यक्ष समेत बनेकी छन् । यि त उदाहरण मात्र हुन् । यस्ता प्रतिभाहरु हिमाली माटोमा छरपस्ट उम्रिएका छन् ।

त्यस्तैै पछिल्लो समयमा गाउँघरमा रहेका केटाकेटी आफुसँग भएका प्रतिभालाई गाउँमानै सिमित बनाएर राख्न बिवस छन् । दुर्गा घले एक बिद्यार्थी हुन् ।

मनाङ नासों गाउँपालीका वडा नं ८ ताचैमा जन्मेकी उनि आफ्नो पढाई सँगै खेलकुद,नाच्ने गाउने र उद्घोषण कलामा अब्वल छिन् ।

जिल्लामा भएका महिला फुटबल प्रतियोगितामा धेरै पटक बेस्ट अवार्ड समेत पाएकी छन् ।

भर्खरै मात्र १२ सकेकी दुर्गा घले बाबा चन्द्र घले र आमा सुर्यकासी घलेकी साईली छोरी हुन् ।

गाउँमै रहेको प्रकाश ज्योति माबिमा अध्ययान गरेकी घले जिल्लाकै प्रतिभावन युवतीका रुपमा चिनिन्छिन् ।

गत बर्ष देखी ताचै गाउँमा होमस्टे घरबास सन्चालन भएदेखी उनी गाउँमा आउने पाहुनालाई स्वगत सत्कारमा ब्यस्त देखिन्छिन् ।

गाउँमा हुने सभा सम्मेलनको उदघोषण होस या पाहुनालाई मनोरन्जन दिन उनको अहम भुमिका रहन्छ ।

खानाका परीकार बनाउन,पाहुनालाई सांस्कृतिक मनोरन्जन प्रदान गर्न उनि र उनका टिम सरिक हुन्छन् ।

सानै देखी उद्घोषण कलामा रुची भएकी दुर्गा घले बहुमुखी प्रतिभाकी धनी छन् ।

मिठो स्वर, सुरिलो आवज र अनुशासित शारीरिक सुन्दरता पनि कुनै कलाकार भन्द कम छैनन् ।

दुर्गा नाचगानमा पनि उतिकै अब्वल देखिन्छिन् । गाउँमा आउने पाहुनाहरु यिनको प्रतिभा देखेर मख्ख हुने गर्छन् ।

पढाई लेखाईसँगै कला र संकृतिमा रमाउने यि प्रतिभाहरुको सहि पहिचान हुन सकेमा यहाँका दुर्गा घले जस्ता प्रतिभावान ब्याक्तिव्वहरु राष्ट्रका गहना बन्ने छन् ।

जसले देशलाई बिश्व सामु चिनाउने छन् ।