Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


माओवादी केन्द्रका नेताहरु सहमतीय सरकार गठनबारे छलफलमा


0
Shares

काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रका नेताहरु सहमतीय सरकार गठनका विकल्पबारे छलफल गर्न जुटेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा जारी बैठकमा सहमतीय सरकार गठन, एमालेसँगको नौं बुँदे सहमतिलगायतका विषयमा छलफल भएको बताइएको छ । बैठकमा नेताहरुको दुईथरी मत आएको छ ।

सरकारमा सहभागी नेताहरुले ओली नेतृत्वको सरकारको विकल्पमा बन्ने राजनीतिक समीकरणमा पार्टीले उठाउँदै आएको एजेन्डा सम्बोधन हुने विश्वासको वातावरण पहिले आउनुपर्ने धारणा राखेका छन् ।

हिजो पनि माओवादी केन्द्रका नेता र सरकारमा सहभागि मन्त्रीहरुबीच यसबारेमा छलफल भएको थियो । मन्त्रीहरुको छलफलसमेतको आधारमा आइतबार साँझ नेतृत्वले सरकारको विषयमा एमाले नेताहरुसँग छलफल गरेका थिए ।

माओवादी नेताहरुले भद्र सहमति अनुसार सरकारको नेतृत्व छाड्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेपनि उनले कुनै सहमति नभएको जिकीर गरेका थिए ।

एमाले नेताहरुसँग आशातित कुरा नभएपछि माओवादी केन्द्रले आज निर्णायक कदम चाल्न सक्ने अनुमान गरिएको छ ।