Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


प्रधानन्यायाधीश कार्की र प्रमुख आयुक्त यादवले लिए सपथ


0
Shares

काठमाडौं, असार २७ । प्रधानन्यायाधीश सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्की र यादवलाई सपथ दिलाएकी हुन् ।

राष्ट्रपतिबाट सपथ लिएसँगै सर्वोच्च अदालतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाएको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यसअघि, आइतबार संसदीय विशेष सुनुवाई समितिले प्रधान न्यायाधीशमा कार्कीको नाम अनुमोदन गरेको थियो । समितिको बैठकमा कार्कीले आपूmविरुद्ध परेका उजुरी र गुनासोबारे स्पष्ट पारेपछि सर्वसम्मतिले अनुमोदन गरिएको हो ।