इ–रिक्सा चालकहरु उत्रिए सडकमा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


इ–रिक्सा चालकहरु उत्रिए सडकमा


0
Shares

केशव भण्डारी (इमेज)
बुटवल, असार २७ । रुपन्देहीमा सन्चालन हुँदै आएका इ–रिक्साहरुको व्यवस्थापन गर्न माग गर्दै इ–रिक्साका चालकहरुले सोमबार बुटवलमा प्रदर्शन गरेका छन् ।

उनीहरुले यातायात व्यवस्था कार्यालय र पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालयमा धर्नासमेत दिएका थिए ।

चालक अनुमतिपत्रको परीक्षा लिनुपर्ने, लुम्बिनी यातायात व्यवस्था कार्यालयबाटै जाँचपास तथा राजश्व लिनुपर्ने, रुट निर्धारण गर्नुपर्ने, संख्या निधारण गरिनुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।

१० हजार रुपैयाँ लिएर लाइसेन्स शाखाका कर्मचारीहरुले अवैधरुपमा लाइसेन्स वितरण गरिरहेको आरोपसमेत चालकहरुले लगाएका छन् ।

रुपन्देहीमा एक हजारभन्दा बढी इ–रिक्सा सन्चालनमा रहेका छन् ।