नेप्से २० अंकले झर्‍यो « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


नेप्से २० अंकले झर्‍यो


0
Shares

काठमाडौं, असार २७ । अघिल्लो दिन ७ अंकले बढेको शेयरबजार परिसूचक नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आयो । यसदिन नेप्से २० अंकले घटेर १७ सय २ बिन्दूमा आइपुग्यो ।

यसदिन उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले झरेको हो ।

बीमा समूह सबैभन्दा उच्च २ सय १७ अंकको उच्च बिन्दूले झर्‍यो भने टेलिकम सूचीकृत अन्य समूहमा पनि करिब ३९ अंकको गिरावट आयो ।

यस्तै, होटल समूह ४९ अंकले, जलविद्युत् समूह ३२ अंकले, विकास बैंक समूह करिब २६ अंक र वाणिज्य बैंक समूहमा पनि ७ अंक बढिको गिरावट आयो । उत्पादनमूलक समुह भने साढे २८ अंकले उक्लियो ।

यसदिन १ सय ४५ कम्पनीको १८ लाख कित्ता शेयर ९१ करोड ४२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।