
काठमाडौं, असार २७ ।आपूर्ति मन्त्रालयले रासनकार्ड लागू गर्ने विषयमा अध्ययन गर्न ६ सदस्यीय समिति बनाएको छ ।
आपूर्तिमन्त्रीस्तरीय निर्णयबाट तीन महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
उपभोक्ता संरक्षण परिषदको असार १ गतेको निर्णय कार्यान्वयन गर्न मन्त्रालयले समिति गठन गरेको जनाएको छ ।
समितिलाई रासनकार्ड लागू गर्ने छिमेकी देशमा भएको व्यवस्थाको अध्ययन, रासनकार्डको आवश्यकता र औचित्य, एवं रासनकार्डको सफल कार्यान्वयन गर्न सरकारले अपनाउनुपर्ने कदमको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदेश दिइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्