Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


सहमतीय सरकार नबन्ने भएपछि दाहाल द्विविधामा


0
Shares

काठमाडौं, असार २८ । आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि दौडधुप थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दुई ठूला दल कांग्रेस र एमालेले समर्थन नगर्ने जनाउ दिएका छन् ।

सहमतीय सरकार बन्ने सम्भावना कम देखेपछि दाहाल बहुमतीय सरकारको विकल्पमा जाने÷नजाने द्विविधामा छन् ।

सहमतीय सरकार बन्न सम्भव नरहेको बताउँदै आएको कांग्रेसले बहुमतीय सरकारका लागि भने दाहाललाई समर्थन गर्ने संकेत दिएको छ । अहिलेको गठबन्धनबाट अलग भएपछि मात्रै कांग्रेसले त्यसबारे औपचारिक निर्णय लिने स्रोतले बतायो ।

राष्ट्रिय सरकारका लागि समर्थन खोज्न गएका दाहाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्भव नभएको जवाफ दिए ।

कांग्रेस संसदीय दलमा सोमबार अपराह्न २० मिनेट देउवा र दाहालबीच छलफल भएको थियो । –कान्तिपुर दैनिकबाट