
काठमाडौं, असार २८ । गृहमन्त्रालय र तीनवटै सुरक्षा निकायले नेपालमा ‘फ्रि तिब्बत’ गतिविधिमाथि थप कडाइ गर्ने संकेत गरेका छन् ।
नेपाल भ्रमणमा रहेका चीनको स्वशासित क्षेत्र तिब्बतका पब्लिक सेक्युरिटी डिपार्टमेन्टका सीमा नियन्त्रण कार्यदलका मेजर जनरल फु पेङ नेतृत्वको सुरक्षा अधिकारीसँगको भेटमा गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखहरुले तिब्बतसँग सीमा जोडिएका जिल्लाबाट हुन सक्ने चीनविरोधी गतिविधि र ‘फ्रि तिब्बत’ समर्थकले नेपाली भूमिमा गर्न सक्ने गतिविधिबारे आफूहरु सजग रहेको बताएका थिए ।
गृह सचिव लगायत तीनवटै सुरक्षा निकायका प्रमुखसँग छुट्टाछुट्टै भेटे पनि चिनियाँ अधिकारीहरुको एउटै चासो ‘फ्रि तिब्बत’ गतिविधि नहोस् भन्ने थियो ।
भेटका क्रममा फुले भूकम्प पीडितलाई सहयोग गर्ने नाममा तिब्बतसँग जोडिएका कतिपय जिल्लामा कार्यरत पश्चिमा मुलुकको लगानीमा संचालित आइएनजिओको भूमिकाबारे चासो राखेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्