
संखुवासभा, असार २८ । संखुवासभाको स्याबुन–१ मा कटहरको रूखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय डम्बर बहादुर श्रेष्ठ रहेका छन् । सोमबार साँझ ६ः३० बजे कटहर झार्न रुखमा चढेका श्रेष्ठ रुखको हाँगा भाचिएर लडेका थिए । लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारीमा लगिएको थियो ।
श्रेष्ठको उपचारको क्रममा गएराति १२ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्