५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


नेपालमा ‘टाटु क्रेज’ बढ्दो (तस्वीरहरु)


0
Shares

काठमाडौं, वैशाख १५ । शरीरमा विभिन्न आकृतिसहितका टाटु खोप्नु फेसनजस्तै भइसकेको छ । सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले शरीरमा टाटु खोपाउन थालेका छन् ।

पछिल्लो समय टाटुप्रति बढ्दो क्रेजलाई ध्यानमा राख्दै यससम्बन्धी सम्मेलनसमेत हुने गरेको छ । नेपालमा हालै नवौं संस्करणको टाटु सम्मेलन भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको सम्मेलनमा विभिन्न आर्टिस्टले आफ्नो कला देखाएका थिए भने टाटु खोपाउन आउनेको पनि उत्साहजनक उपस्थिति थियो ।

सम्मेलनमा नेपालका अतिरिक्त विदेशबाट आएका आर्टिस्टसमेत सहभागी थिए । सम्मेलनमा आर्टिस्टहरुले विभिन्न डिजाइनका टाटु बनाएका थिए भने टाटुप्रेमीहरुले चाहेको डिजाइनमा आफ्नो शरीरमा टाटु खोपाएका थिए ।

यसरी टाटु खोपाउनेमा नेपाली युवा–युवतीका अतिरिक्त विदेशी पर्यटकसमेत थिए ।