१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


टेलिभिजनका महाप्रवन्धकलाई नहटाएकोबारे स्पष्टीकरण


0
Shares

काठमाडौं, असार २८ । संसदको लेखा समितिले आर्थिक हिनामिनाको आरोप लागेका नेपाल टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाईलाई पदबाट नहटाएकोबारे संचारमन्त्रीसँग स्पष्टीकरण मागेको छ ।

तीनसाता अघि समितिले महाप्रवन्धक हुमागाईसहित ६ जना कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गर्न निर्देशन दिएको थियो ।

तर, निर्णय कार्यान्वयन नभएपछि समितिले यही असार ३० गते संचारमन्त्री शेरधर राई र सचिव दिनेश थपलियालाई स्पष्टीकरणका लागि बोलाएको छ ।

यसैबीच, नेपाल टेलिभिजनका कर्मचारीले लेखा समितिको निर्णय तत्काल कार्यान्वयन गर्न माग राखेर आन्दोलन थालेका छन् ।