२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


माओवादीले सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई गरायो


0
Shares

                                                              फाइल फोटो

काठमाडौं, असार २८ । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सोसम्बन्धी पत्र बुझाएका हुन् ।

सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेता महराले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । रासस