Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


प्रधानमन्त्रीले गरे अनौपचारिक छलफल, एमाले स्थायी कमिटीको बैठक बस्दै


0
Shares

                                                        फाइल फोटो

काठमाडौं, असार २८ । सरकारबाट नेकपा माओवादी केन्द्र फिर्ता भएपछिको अवस्थाबारे छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार साँझ बस्ने भएको छ ।

सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि आधिकारिक प्रतिक्रिया दिने जनाएको छ ।

माओवादीले सरकारबाट फिर्ता हुने पत्र दिएपछि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य केही मन्त्री तथा पूर्वसभामुख सुवास नेम्वाङ लगायतसँग अनौपचारिक छलफल गरेका थिए ।

स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । रासस