१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


आज २०३ औं भानुजयन्ती मनाईंदै


0
Shares

काठमाडौं, असार २९ । आज २०३ औं भानुजयन्ती । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो ।

प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उनको सम्झनामा प्रभातफेरी र र्‍यालीको आयोजना गरिनेछ ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।