Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


तमोर नदी थुनिएर बनेको तालको अवस्था बुझ्न टोली खटियो


0
Shares

ताप्लेजुङ, असार २९ । ताप्लेजुङमा तमोर नदी थुनिएर बनेको जोखिमपूर्ण तालको अवस्था अध्ययन गर्न सरकारी ईन्जिनियर सम्मिलित प्राविधिक टोली आज घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

तमोर नदीको अध्ययन गरी प्रतिवेदन बुझाउन चार दिनपछि आज मात्र १३ सदस्यीय प्राविधिक टोली घटनास्थलतर्फ गएको हो ।

टोलीले नदी थुनिएर बनेको तालको अवस्था अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा थुनिएर बनेको ताल खुलाउन प्रयास गरिने ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिए

ताप्लेजुङको सावादिन गाविसमा गत शनिबार राति झरेको पहिरोले थुनेर बनेको तालको अवस्था चार दिन विति सक्दासमेत उस्तै रहेको छ ।

नदीले फुरुम्बुतर्फको भाग कटान गरी बगिरहेको भए पनि बनेको तालको पानी घटेको छैन । नदी पूर्णरुपले नखुलेकाले तल्लो क्षेत्रका स्थानीय त्रसित छन् ।

करिब ५ सय मिटर लम्बाई, २ सय मिटर चौडाई र १५ मिटर गहिराईमा नदी थुनिएर ताल बनेको र सो स्थानमा १५ लाख क्यूविक मिटर पानी जम्मा भएकाले एकै पटक फुटे त्यसको क्षति ताप्लेजुङ, पाँचथर, ते¥हथुम र धनकुटाको नदी आसपासका क्षेत्रमा पुग्ने बताइएको छ ।

Skip This