‘संसद सुरु हुनुअगावै अविश्वासको प्रस्ताव दर्ता गरिने, बजेट पारित गर्न अवरोध नगर्ने’ « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


‘संसद सुरु हुनुअगावै अविश्वासको प्रस्ताव दर्ता गरिने, बजेट पारित गर्न अवरोध नगर्ने’


0
Shares

                                                      फाइल फोटो
काठमाडौं, असार २९ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसदको बुधबारको बैठक सुरु हुनुअगावै वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने जानकारी दिएका छन् ।

केन्द्रको नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार बिहान बसेको संसदीय दलको बैठकपछि उनले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सरकारको बजेट पारित गराउन भने आफ्नो पार्टीले अवरोध नगर्ने बताए ।

केन्द्रको पदाधिकारी बैठकले पनि तत्काल प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन माग गरेको थियो ।

व्यवस्थापिका–संसदको बैठक ३ बजे बस्नेछ ।

नेता पोखरेलले केन्द्र र एमालेका बीचमा भएका ९ बुँदे र तीनबुँदे भद्र सहमतिलाई प्रधानमन्त्री ओलीले कार्यान्वयन नगरेको हुँदा आफ्नो पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको स्पस्ट पारे ।

अब बन्ने नयाँ सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने र यसका लागि नेपाली कांग्रेसले सहयोग गर्ने उनले जानकारी दिए । रासस