Logo ११ कार्तिक २०८२, मंगलबार | Wed Oct 29 2025


मृगौला रोगीका निम्ती इशाराले ‘स्टार’ कलाकारहरुलाई उतार्ने


0
Shares

काठमाडौं, असार ३० । सामाजिक सेवामा सक्रिय हाँस्य कलाकार गणेश इशाराको संयोजनमा मृगौला रोग पीडित महिलाको सहयोगार्थ जमल स्थित नाचघरमा चर्चित कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।

यही असार ३१ गते शुक्रबार एकबजे देखि सुरु हुन लागेको बृहत सांस्कृतिक कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरुले प्रस्तुती दिने भएका हुन् । हिलटोन म्यूजिक सेन्टर प्रा.लि.को आयोजनामा हुन लागेको कार्यक्रममा मृगौला रोगी ४४ बर्षीया ललिता सुब्बा (चाम्लिङ)को उपचारका लागि सहयोग संकलन गर्न लागिएको हो ।

कार्यक्रममा गायकहरु राजेश पायल राई, रामकृष्ण ढकाल, कुन्ती मोक्तान, दीपक लिम्बु, रुपकुमार राई, गणेश इसारा, डिजराज पौडेल, मनु राई, साहस राई, प्रविन राईलगायतका कलाकारले बृहत प्रस्तुती मार्फत आर्थिक सहयोग संकलन गर्ने कार्यक्रम रहेको हिलटोन म्यूजिक सेन्टर प्रा.लिका अध्यक्ष रुपकुमार राईले जानकारी दिए ।

आफैं हाँस्य प्रहसन दिएर साथै अन्य कलाकारहरुलाई स्टेजमा उतारेर पीडितहरुको सेवामा जुटेका गणेश इसाराले यसअघि पनि मृगौला रोगी बालिकालाई सहयोग पुर्‍याएका थिए ।

संगीतलाई सामाजिक सेवा र आफूमा भएको प्रतिभा प्रस्तुत गरेर पीडित व्यक्तिहरुलाई सहयोग पुर्‍याउन आफूले नितरन्तर प्रयास गरिरहेको बताए । ‘शुक्रबारको कार्यक्रममा पनि सबैमा निमन्त्रणा गर्छु, अनि पीडितलाई सहयोग गरिदिनुहुन अनुरोध गर्छु, उनले भने ।