Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


‘तमोर नदी थुनिएर बनेको ताल तत्काल फुट्दैन’


0
Shares

ताप्लेजुङ,असार ३० । पहिरोका कारण ताप्लेजुङको तमोर नदी थुनिएर बनेको ताल तत्काल फुट्ने सम्भावना नभएको अध्ययन टोलीले ठहर गरेको छ ।

नदीलाई ठूल–ठूला चट्टानले छेकेको र नदीले फुरुम्बु तर्फको भाग कटान गरेर बगिरहेकाले ताल फुटेर तमोर नदी किनारका बस्तीमा क्षति गर्ने सम्भावना नरहेको अध्ययन टोलीले निष्कर्ष निकालेको ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिए ।

टोली संयोजक एवम् जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङका प्रमुख हरिबहादुर कुँवरले ताल बनेको स्थलको अधिकतम् क्षेत्रमा चट्टानी भाग रहेकाले यही अवस्थामा ताल फुट्ने खतरा नरहेको बताए ।

ताल बनेको स्थलको सावादिन गाविसतर्फको पुरै भाग र फुरुम्बु गाविसतर्फको पनि धेरै भाग चट्टानले घेरिएकाले ताल फुट्दैन भन्ने निचोडमा अध्ययन टोली पुगेको हो

तत्कालै ताल फुट्ने सम्भावना नरहेको भन्दै अधिकारीहरुले तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन तर नआत्तिन आग्रह गरेका छन् ।

 

Skip This