
मुम्बई, असार ३० । बलिउड नायक सलमान खानको मूख्य भूमिका रहेको चलचित्र ‘सुल्तान’ ले एक सातामा २ सय करोड आम्दानी गरेको छ ।
गत साता इदका अवसरमा प्रदर्शनमा आएको सो चलचित्रले सबैभन्दा चाँडो २ सय करोड रुपैयाँ कमाउने कीर्तिमान बनाएको विश्लेषक तरण आदर्शले जनाएका छन् ।
उनका अनुसार ‘सुल्तान’ ले पहिलो दिन ३६.५४ करोड, दोस्रो दिन ३७.३२ करोड, तेस्रो दिन ३१.६७ करोड, चौथो दिन ३६.६२ करोड, पाँचौं दिन ३८.२१ करोड, छैठौं दिन १५.५४ करोड र सातौं दिन १२.९२ करोड कमाएको हो ।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘सुल्तानले इतिहास रचेको छ, यो बलिउडको यस्तो पहिलो हिन्दी फिल्म हो जसले सात दिनमै २ सय करोड कमायो । यसअघि पीके, बजरंगी भाइजान र धुम–३ ले २ सय करोड ९ दिनमा कमाएका थिए ।
‘सुल्तानले पहिलो सय करोड तीन दिनमै कमाएको थियो भने दोस्रो सय करोड चार दिनमा कमाएको हो ।
योसँगै सलमानको २ सय करोडको व्यापार गर्ने चलचित्रको संख्या तीन भएको छ । उनको प्रेमरतन धन पायो र किकले पनि २ सय करोडको व्यापार गरेका थिए । बजरंगी भाइजानले भने ३ सय करोडको कारोबार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्