शेयर बजारमा उच्च बृद्धि « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


शेयर बजारमा उच्च बृद्धि


0
Shares

काठमाडौं, असार ३० । साताको अन्तिम दिन विहीबार शेयरबजारमा उच्च बृद्धि आयो ।

बजार परिसूचक नेप्से २७ अंक बढीले उकालो लागेर १७ सय १८ मा पुग्यो । कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्सेमा पनि उल्लेख्य बृद्धि आएको हो ।

जलविद्युत् समूहमा सबैभन्दा उच्च ६३ अंकको बृद्धि आयो । बीमा समूह ३७ अंकले बढ्यो । उत्पादनमूलक समूहमा ३० अंकको सुधार भयो । अन्य समूह ३२ अंकले उक्लियो ।

विकास बैंक समूहमा २८ अंक र वाणिज्य बैंक समूहमा पनि २६ अंकको सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४५ कम्पनीको २५ लाख बढी कित्ता शेयर १ अर्ब ४७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।