Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला


0
Shares

काठमाडौँ ।  नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।

कारोवार रकममा समेत उच्च वृद्धि भएको छ । शेयर बजारले लय समातेको पाइएको छ ।

आइतबार कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुग्यो ।

स्टकका अनुसार सो दिन कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर रु एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७३२ मूल्यमा खरीद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई रु १५ खर्बमाथि पुग्यो ।

लगातार उकालो लाग्दै आएको शेयर बजार सोमबार भने बिराम लाग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ७.२६ बिन्दुले घटेर एक हजार २५६.९४ बिन्दुमा झर्‍यो

उक्त दिन कूल १६८ कम्पनीको ३२ लाख ५९ हजार ४९६ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख ३९ हजार मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक ३.७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुग्यो ।

सो दिन कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भए ।

मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार बुधबार भने दोहोरो अङ्कले वृद्धि भएको छ ।

बुधबार कारोवार मापक नेप्से परिसूचक १९.१४ विन्दुले बढेर एक हजार २७९.२९ विन्दुमा पुग्यो ।

यस्तै साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अङ्कको वृद्धि भयो ।

कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२।१२ विन्दुमा पुगेको छ ।

कूल १७६ कम्पनीका ४५ लाख १९ हजार ५८२ कित्ता शेयर रु एक अर्ब ३५ करोड ७५ लाख ५४ हजार २२१ मूल्यमा खरीद बिक्री भए ।

साताभर बजारमा वाणिज्य बैंककै दबदबा कायम रह्रयो ।

नेपाल बैंक लिमिटेड, जनता बैंक, प्रभु बैंक, एनसिसी बैंक, सिभिल बैंक, ग्लोबल आइएमइ बैंकलगायतका वाणिज्य बैंकको शेयर अग्रस्थानमा रह्यो ।

यस साता लक्ष्मी बैंकको ६९ लाख ८८ हजार ४१६ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ । 

 

Skip This