Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


ग्रान्डी अस्पतालमा अब मिर्गौला प्रत्यारोपण, यस्तो छ शुल्क


0
Shares

काठमाडौं, असार ३१ । काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी ग्रान्डी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको जनाएको हो ।

अस्पतालले ३७ वर्षीय मिर्गौला रोगी रविन लामाको मिर्गौला प्रत्यारोपण गरिएको जनाएको छ ।

५ लाख ७५ हजार रुपैयाँमा मिर्गौला प्रत्यारोपण गर्न सकिने चिकित्सकहरुले बताएका छन् ।