
काठमाडौं, असार ३१ । गीतकार श्रवण मुकारुङ, गायक किरण प्रधान र संगीतकार आलोक श्री छिन्नलता गीत पुुुरस्कारबाट पुरस्कृत भएका छन् ।
छिन्नलता गीत पुरस्कार गुठीले शुक्रबार काठमाडौंमा कार्यक्रम गरी वि.सं. २०७१ का लागि गीत रचनामा मुकारुङ, गायनमा प्रधान र संगीतमा आलोक श्रीलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, वि.सं. २०७१ को नवप्रतिभातर्फ पशुपति शर्मा र सीता केसीलाई संयुक्तरुपमा पुरस्कृत गरिएको छ । पुरस्कारको राशी ३५ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी, वि.सं. २०७२ को छिन्नलता गीत पुरस्कार रचनामा प्रमोद ढुंंगाना, संगीतमा नारायण ओली, गायनमा सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।
वि.सं. २०७२ को नवप्रतिभा पुरस्कार कालीप्रसाद बास्कोटा र सोमिया बराइलीलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।
रमलादेशी शाह ‘छिन्नलता’को नाममा वि.सं. २०३९ सालमा स्थापित छिन्नलता गीत पुरस्कारबाट हालसम्म एक सय ५८ जना गीत–संगीतका साधकहरु पुरस्कृत भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्