
सिन्धुपाल्चोक, साउन १ । वाढी पहिरोबाट पीडित बनेका सिन्धुपाल्चोकका बासिन्दाले राज्यबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् ।
आज राजधानीमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा पीडितहरुले वाढी पहिरो गएको दुई साता वितिसक्दा पनि सरकारबाट कुनै सहयोग नपाएको वताए ।
उनीहरुले वाढीले सिन्धुपाल्चोकका विभिन्न भागमा जनजीवन अस्तब्यस्त बनेको भन्दै नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा राख्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्