Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


चिनियाँ राष्ट्रपति चिनफिङबाट पाहुनाको स्वागत


0
Shares

बेइजिङ, वैशाख १४ । चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा सहभागी हुन आएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३५ किलोमिटर पर रहेको उक्त सम्मेलन केन्द्रमा पुगिन् ।

बेइजिङको बाहिरी भागमा यान्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ । (रासस)