२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


स्वच्छ मासु उपभोगको वातावरण बनाउन आग्रह


0
Shares

काठमाडौं, साउन २ । स्वच्छ, स्वस्थ्य र गुणस्तरीय मासु उपभोग गर्न पाउने वातावरण बनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

आइतबार काठमाडौं महानगरपालिकाले गरेको ‘काठमाडौं उपत्यकामा स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु आपूर्ति व्यवस्थापन’ विषयक कार्यक्रमका मासु व्यवसायी, मासु विज्ञ, सरकारी कर्मचारी, उपभोक्ता हित अभियानकर्ताहरुले स्वस्थ्य मासु उपभोग गर्न पाउनुपर्नेमा जोड दिएका हुन् ।

हालै आपूर्ति व्यवस्थापन विभागले उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा उपभोक्ता हित विपरित हुने गरी खानै नहुने मासु बेचेको पाइएको थियो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सरकारले मासुजन्य पदार्थको व्यवस्थापनमा रकम छुट्याए पनि कार्यान्वयन हुन नसकेको बताए । स्वच्छ मासु बिक्री वितरण गर्ने वातावरण बनाउन, मासु व्यवसायीको सुरक्षा र क्षमता अभिवृद्धिमा महानगरपालिका प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।