
काठमाडौं । नेपालबाट अमेरिका लगायत विभिन्न देशमा मानव तस्करी गरेको आरोप लागेका चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।
साढे ८ महिनाको प्रक्रियापछि गौतम विरुद्ध रेडनोटिस जारी भएको हो । रेड कर्नर नोटिस जारी भएपछि विश्वका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।
क्यानाडामा बस्दै आएका गौतमले नायिका रेखा थापासंग मिलेर फिल्म बनाएका थिए भने फिल्ममा उनी नै नायक थिए ।
क्यानडामा बस्दै आएका दुई वटै हात नभएका उनले केही वर्ष अघि सगरमाथा आरोहणबाट समेत चर्चामा आएका थिए ।
उनको समूहले तीन जना नेपाली युवतीलाई अमेरिका लैजान विभिन्न देश हुँदै हाइटी पुर्याएका थिए ।
फिल्मको सुटिङको नाममा उनीहरुलाई हाइटी लगिएको थियो ।
हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका पुर्याउने उनीहरुको योजना रहेको भएपनि उनीहरु सवार पानीजहाज बिग्रिएर बहामास भन्ने देशमा पुगेपछि त्यहाँको सुरक्षा गार्डले पानी जहाज नै नियन्त्रणमा लिएका थिए ।
त्यसपछि बल्ल गौतमको समूहको मानव तस्करी धन्दा बाहिर आएको थियो । गौतमले पीडित युवतीहरुसँग ६० लाख रुपैयाँसम्म लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्