
रुकुम, साउन ५ । सरकारले खोलामा रहेका तुइन हटाएर झोलङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएसँगै रुकुममा झोलङ्गे पुल निर्माण कार्यले प्राथामिकता पाएको छ ।
यस वर्ष मात्र रुकुमका बिभिन्न गाउँ विकास समितिमा आठ वटा झोलङ्गे पुल निर्माण भएका छन् । आठ वटा निर्माणको क्रममा छन् ।
रुकुमका मुसिकोट नगरपालिका, थारा, मग्ना, आठबिसकोट, स्यालाखदी, मैकोट र सिस्नेमा झोलङ्गे पुल बनाइएको हो ।
जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयको दुई करोडको सहयोगमा पुल निर्माण गरिएको हो ।
पुल निर्माणसँगै सर्वसाधारण निकै खुशी भएका छन् । यो सँगै रुकुममा हालसम्म ९० वटा झोलङ्गे पुल बनिसकेको रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्