
काठमाडौं, साउन ५ । अकस्मात विरामी परी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला पूर्ण स्वस्थ भएर आज घर फर्किएका छन् ।
उनी दुई सातादेखि काठमाडौंको चाबेलस्थित ओम अस्पतालमा उपचाररत थिए । कोइरालामा देखिएको निमोनिया समेत निको भएकाले आज विहान साँढे ९ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
कोइरालाको रगत र फोक्सोको एक्स–रे परीक्षण प्रतिवेदन सामान्य देखिएको अस्पतालले जनाएको छ । कोइरालाले घरमै पनि कम्तिमा दुई साता आराम गर्नुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।
असार २१ गते मंगलवार राति पेटमा गडबडी र खोकी लागेपछि ओम अस्पताल पुग्नु भएका कोइरालालाई राति बान्ता भई सर्केर श्वास नली हुँदै फोक्सोमा पुग्दा अवस्था चिन्ताजनक बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्