
काठमाडौं, साउन ४ । नेकपा एमालेको भ्रातृ संगठनहरु युवा संघ नेपाल र अनेरास्ववियुले जनमतसंग्रहमा जान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ती दुबै संगठनले यही व्यवस्थापिका–संसदलाई अघि बढाउने वा ताजा जनादेशका लागि निर्वाचनमा जाने भन्ने विषयमा जनमतसंग्रह गर्नुपर्ने माग राखेका हुन् ।
पत्रकार सम्मेलनमा युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले अविश्वासको प्रस्तावको सामना गरेपछि जनताको राय बुझ्न जनमतसंग्रह गर्नुपर्ने धारणा राखे ।
स्थिरतालाई खल्बल्याउने षड्यन्त्रकोविरुद्ध सडकमा जाने भन्दै उनीहरुले देश र जनताकानिम्ति जस्तोसुकै साहसिक निर्णय लिन नडराउन पनि प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्