आफ्ना सांसदलाई तयारीसाथ संसद बैठकमा आउन एमालेको निर्देशन (भिडियो) « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


आफ्ना सांसदलाई तयारीसाथ संसद बैठकमा आउन एमालेको निर्देशन (भिडियो)


0
Shares

काठमाडौं, साउन ५ । नेकपा एमालेले बजेटमा आश्रित विधेयकहरु पारित नभएसम्म अविश्वास प्रस्तावलाई अघि बढाउन नदिने भएको छ ।

एमाले संसदीय दलको बुधबार राजधानीमा बसेको बैठकले पहिले आश्रित विधेयक पारित गरेपछिमात्रै अविश्वासको प्रस्तावमाथिको छलफललाई सुरु गर्न दिने निर्णय गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

साथै, एमालेले आफ्ना सांसदहरुलाई तयारीसाथ बैठकमा उपस्थित हुन पनि निर्देशन दिएको छ ।

बैठकले दलहरुबीच एकता कायम गर्न जरुरी रहेको निश्कर्षसमेत निकालेको छ ।

भिडियो हेर्नुहोस्