१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


टिचिङ अस्पताल पुगेर सरकारी टोलीले गर्‍यो डा. केसीलाई वार्तामा आउन आग्रह


0
Shares

                                                                       फाइल फोटो
काठमाडौं, साउन ६ । १२ दिनदेखि विभिन्न माग राखी अनशन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले वार्तामा आउन आग्रह गरेको छ ।

सरकारले केसीको मागलाई सम्बोधन गर्न बुधबार प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गरेपछि उक्त टोली विहीबार त्रिभुवन शिक्षण अस्पताल, महाराजगन्ज पुगी केसीलाई वार्तामा आउन आग्रह गरेको हो ।

वार्ता टोलीका सदस्य शिक्षा मन्त्रालयका निमित्त सचिव डा. लवदेव अवस्थीले डा. केसीलाई वार्तामा आउन आग्रह गरिएको तर डा. केसीको तर्फबाट केही निर्णय नआइसकेको जानकारी दिए । रासस