२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ठेक्का बदर गर्न माग, एलडीओको कार्यकक्ष र राजश्व कार्यालयमा ताला


0
Shares

नवलपरासी, साउन ६ । पत्रिकामा निकालेको सूचना लुकाएर निकासीको ठेक्का दिइएको भन्दै नवलपरासीका निर्माण व्यवसायी र राजनीतिक दलले ठेक्का बदर गर्न माग गरेका छन् ।

कर्मचारीहरुको मिलमतोमा ठेक्का दिइएको भन्दै उनीहरुले त्यसलाई बदर गर्न जिल्ला विकास समितिसँग माग गरेका हुन् ।

गत वर्ष चार करोड २५ लाख रुपैयाँमा दिइएको ठेक्का अहिले एक करोड ३१ लाख रुपैयाँमामात्र दिइएको उनीहरुको आरोप छ ।

व्यवसायीहरुले विहीबार स्थानीय विकास अधिकारीको कार्यकक्ष र राजश्व शाखाको कार्यालयमा ताला लगाएका छन् ।