२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


हिन्दूराष्ट्र बनाउन अब आन्दोलन : खुमबहादुर, फेरि द्वन्द्व निम्तने चेतावनी (भिडियो)


0
Shares

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि यही महिनाभित्र आन्दोलन सुरु गर्ने बताएका छन् ।

वीपी स्मृति दिवसको अवसरमा विहीबार राजधानीमा आयोजित गोष्ठीमा खड्काले विदेशीको इशारामा धर्मनिरपेक्षता लादिएको जिकिर गरे ।

माओवादीले युद्धकालमा कब्जा गरेको घरजग्गा र सम्पतिलाई वैधानिकता दिन खोजे फेरि द्वन्द्व निम्तने चेतावनी दिए ।

नयाँ संविधान प्रयोगशालाजस्तै बनेको भन्दै उनले ‘यो संविधानबाट कसैको हित हुन सक्दैन’–भने ।

भिडियो हेर्नुहोस्