२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनको भाउ तोलामा ५ सयले घट्यो


0
Shares

काठमाडौं, साउन ६ । विहीबार स्थानीय बजारमा सुनचाँदीको भाउमा कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

विहीबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

विहीबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय १८ डलर हाराहारीमा कारोबार भएको थियो ।