१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


नेपाल कला–संस्कृतिमा धनी, तुइन विस्थापित गरिछाड्छु : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिकरुपमा गरिब रहेपनि कला, संस्कृतिकारुपमा धनी रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको नवनिर्मित पुस्तकालय तथा आधुनिक छापाखानाको मंगलबार राजधानीमा उद्घाटन गर्दै उनले धर्म, संस्कार, कला तथा संस्कृतिको खोज, अनुसन्धान अघि बढाउने बताए ।

छुट्टाछुट्टै विधाका तीनओटा प्रतिष्ठानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि सरकारले योजना बनाइरहेको उनले बताए ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन विस्थापित गर्ने घोषणा गरेपनि लक्ष्य पूरा नभएको भन्दै उनले योपटक तुइन विस्थापनको काम गरिछाड्ने बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्वाधार विकाससँगै प्राज्ञिक गतिविधि पनि बढाउनु आवश्यक रहेको बताए ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नवनिर्मित पुस्तकालयले नेपाल र भारतका प्राज्ञहरुलाई अनुसन्धानका लागि सजिलो हुने बताए ।

भारत सरकारको सहयोगमा पुस्तकाल निर्माण गरिएको हो ।