संसदीय अभ्यासमा नयाँ प्रयोग, माओवादीले बजेटमा आश्रित विधेयकहरु ‘फेल’ गर्‍यो « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


संसदीय अभ्यासमा नयाँ प्रयोग, माओवादीले बजेटमा आश्रित विधेयकहरु ‘फेल’ गर्‍यो


0
Shares

                                                                   फाइल फोटो

काठमाडौं, साउन ७ । प्रमुख तीन दलबीच सहमति भएपछि शुक्रबार दिउँसो सुरु भएको व्यवस्थापिका–संसद बैठकले बजेटमा आश्रित तीनओटा विधेयकलाई अस्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ लागि गत जेठ १५ गते ल्याइएको बजेटसम्बन्धी विनियोजन विधेयक गत असार २५ गते नै पारित भइसकेको छ ।

तर, सोही बजेटमा आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र कर तथा राजश्व विधेयकहरुलाई भने नेकपा माओवादी केन्द्रले असफल बनाएको हो ।

आश्रित विधेयकहरु अघि बढाउने कि अविश्वास प्रस्तावलाई अघि बढाउने भन्ने विवादका कारण केही दिनदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो ।

शुक्रबार दिउँसो प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलकाक्रममा नेपाली कांग्रेस–माओवादी केन्द्र आर्थिक विधेयक अघि बढाउन तयार भएका थिए ।

तर, माओवादीले बजेटसँग सम्बन्धित विधेयकहरु असफल बनाउने निर्णय गरेको थियो ।

आर्थिक विधेयकहरु अस्वीकृत गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्धको अविश्वासको प्रस्ताव प्रस्तुत् गरेका थिए ।

अविश्वास प्रस्तावमाथि साउन ७, ८ र ९ गते छलफल हुने भएको छ ।

लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्