२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


दाहालले लगाए ओलीमाथि गम्भीर आरोप


0
Shares

                                                          फाइल फोटो
काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्धको अविश्वासको प्रस्ताव शुक्रबार साँझ संसदमा प्रस्तुत् भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव प्रस्तुत् गरेका हुन् । अविश्वास प्रस्तावमाथि साउन ७, ८ र ९ गते छलफल हुने भएको छ ।

अविश्वास प्रस्ताव प्रस्तुत् गर्दै दाहालले संविधान, शान्तिप्रक्रियालगायतका विषयमा नेकपा एमाले र प्रधानमन्त्री ओलीसँग गम्भीर मतभेद रहेको महसुस भएर सरकारबाट फिर्ता हुनुपरेको तर्क गरे ।

प्रधानमन्त्री ओलीले सरकार बनाउँदाका वाचा बिर्सेको र माओवादीलाई प्रयोग गर्दै जाने नियत देखिएको आरोपसमेत लगाए ।

प्रधानमन्त्री ओली एकल सरकारको ढंगले चलेको र सबैलाई समेटेर अघि बढ्न नखोजेको दाहालको आरोप थियो ।

दाहालले प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीलगायतका परिवर्तनबाट पनि विमुख हुन थालेको आरोप पनि लगाए ।

त्यसअघि बजेटमा आश्रित तीनओटा विधेयक बैठकमा प्रस्तुत् गरिएकोमा तीनओटै विधेयक बहुमतबाट अस्वीकृत गरिएको थियो ।

माओवादीले आफैं सम्मिलित सरकारले ल्याएको बजेटमा आश्रित विधेयकहरु असफल बनाएको हो ।