
कन्चनपुर, साउन ८ । कन्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट भारतको नयाँदिल्लीसम्म जाने मैत्री बससेवा प्रभावित भएको छ ।
पर्यटक ‘परमिट’मा यात्रु बोकेको भन्दै भारतीय प्रशासनले महेन्द्रनगरबाट यात्रु लिइ दिल्लीतर्फ गइरहेको र दिल्लीबाट महेन्द्रनगरका लागि आउँदै गरेका नेपाली नम्बर प्लेटका बसलाई नियन्त्रणमा लिएपछि सेवा प्रभावित भएको हो ।
महेन्द्रनगरदेखि भारतको राजधानी नयाँदिल्लीसम्म नियमित चल्ने दुईओटा बसलाई भारतीय पक्षले मंगलबार नियन्त्रणमा लिएको हो ।
पर्यटक बोक्ने परमिट लिएर यात्रु बोकेको भन्दै भारतको उत्तराखन्ड, टनकपुरको प्रशासनले बसलाई नियन्त्रणमा लिएर कारबाही गरिने जनाएपछि गत बुधबारदेखि नेपाली नम्बरका बस सन्चालन भएका छैनन् ।
गत माघदेखि महाकाली यातायातले भारतको उत्तरप्रदेश परिवहन निगमनसँग समन्वय गरेर नियमित बससेवा सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्