Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


अविश्वास प्रस्ताव भारी बहुमतले पारित हुने संकेत, कसको पक्षमा कति मत ?


0
Shares

काठमाडौं, साउन ९ । संसदमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएर प्रधानमन्त्रीको जवाफ आएपछि मतदानको प्रक्रिया सुरु हुनेछ ।

अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भारी बहुमतले पारित हुने लक्षण देखिएको छ ।

नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा दर्ता गरिएको अविश्वास प्रस्तावका पक्षमा ३ सय ७० भन्दा बढी मत पर्ने दावी कांग्रेस नेताहरुले गरेका छन् ।

प्रस्तावको पक्षमा कांगे्रसको २ सय ७, माओवादी केन्द्रको ८२ मत पर्ने छ । यसैगरी संघीय समाजवादी फोरम नेपालको १५, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक १४, राष्ट्रिय प्रजातन्त्र पार्टी १२, तराई मधेश लोकतान्त्रिक पार्टी ११, सदभावना पार्टी ६, तराई मधेस सदभावना पार्टी नेपाल, नेकपा संयुक्त, तराई मधेस समाजवादी पार्टीका ३/३ सांसद छन् ।

त्यस्तै थरुहट तराई पार्टी नेपालका दुई, स्वतन्त्र दुई, नेपाल जनता दल, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सदभावना पार्टी, अखण्ड नेपाल पार्टीसहितका एक÷एक सांसद रहेका दलले पनि मतदान गर्ने छन् ।

अविश्वासको विपक्षमा भने नेकपा एमालेको १८२, राप्रपा नेपालको २५, मालेको ५, नेमकिपाको ४ तथा राष्ट्रिय जनमोर्चाको ३ मत पर्ने प्रष्ट भएको छ ।