काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका संसदमा सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि जवाफ दिदैंछन् । अविश्वास प्रस्तावमाथि छलफल सकिएपछि प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।
यसअघि मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष बाधाअड्काउ फुकाउ धारा प्रयोग गरी नयाँ सरकार गठन गर्न सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको सोही निर्णयका आधारमा प्रधानमन्त्रीले संसदमा आफ्नो राजीनामाको घोषणा गर्ने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्