आइतबार शेयर कारोबार हुन सकेन « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


आइतबार शेयर कारोबार हुन सकेन


0
Shares

काठमाडौं, साउन ९ । धितोपत्र कारोबारमा दलाल व्यवसायीले लिने कमिसन दर सिस्टममा अपडेट हुन नसक्दा आइतबार नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार हुन सकेन ।

सरकारले ब्रोकर शुल्क घटाएको थियो । तर ब्रोकरहरुले चलाउँदै आएका ब्रोकर ब्याक अफिस सिष्टममा नयाँ दर समायोजन गर्न नसक्दा कारोबार हुन नसकेको हो ।

स्टक ब्रोकर्स असोसिएसन नेपालले विज्ञप्ती जारी गरी शुल्क समायोजन सम्बन्धी निर्देशन नेप्सेबाट शुक्रबारमात्र पाएकाले सिस्टममा अपडेट हुन नसकेको जनाएको छ ।

संघले सोमबारदेखि कारोबार सुचारु गर्ने गरी सिस्टम अपडेटमा लागीपरेको जनाएको छ ।