Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


७ दिनभित्र सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिबाट आह्वान


0
Shares

                                                                  फाइल फोटो

काठमाडौं, साउन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न सोमबार आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सो आह्वान गरेकी हुन् ।

‘राष्ट्रपतिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ’–राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि, राष्ट्रपतिले सोमबार प्रमुख दलका शीर्ष नेतासँग परामर्श गरेकी थिइन् । रासस